बेलकामा ६० लाख लागतमा ‘सुँगुर’को प्रतिमा

सहयात्रा टिभी

उदयपुर । साउन २७, उदयपुरको बेलका नगरपालिका– ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले ६० लाख रुपैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ ।

मेयर दुर्गाकुमार थापाका अनुसार बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरिएको थियो । ‘अघिल्लो २ वर्षदेखि बनाउन शुरु गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग सकिएको छ, दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी छ’ मेयर थापाले भने ।

नगरपालिकाको पहाडी क्षेत्र अर्थात अग्लो भागमा पर्ने यो क्षेत्रबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगम स्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बराहको प्रतिमा बनाएको उनको भनाइ छ ।

 

प्रकाशित : 11 August, 2021

प्रतिक्रिया दिनुहोस्