विराटनगरको रानी नाका व्यवस्थित रुपमा सञ्चालन

विराटनगर । साउन २८, विराटनगरस्थित रानी नाका व्यवस्थित रुपमा सञ्चालनमा आएको छ ।
दशगजा क्षेत्रका सबै ठाउँहरुबाट भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको बताईएको छ ।
त्यस्तै नाकामा हेल्थ डेक्स रहेकाले सर्वसाधारणको स्वास्थ्य अवस्था जाँच गरेर मात्र नाका प्रदेश गराउने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिनुभयो ।