चुटकिला

काठमाडौं । साउन २८, एक पटक दाजुभाइ धन कमाउन एक वर्षको लागि एउटा उत्तरतिर र अर्को दक्षिणतिर लागेछन् ।
एक वर्षसम्म दुवैले जागिर नपाएर खानुसम्म हण्डर खाएर घर फर्केछन् । घरमा दाजु भाइको भेट भयो । तब दुवै एक वर्षसम्म आफू पुगेको ठाउँको वर्णन यसरी गर्न थालेछन्:
दाजु: म त यस्तो ठाउँमा पुगेँ हेर त्यहाँ यति जाडो थियो कि एकआपसमा कुराकानी गर्दा जाडोले नसुनेर अर्काले भनेका कुराहरु बटुलेर एउटा भाँडामा हाली बेलुका भुट्नुपर्थ्यो ।
भाइ : म त झन् यस्तो ठाउँमा पुगेँ, त्यहाँ यति गर्मी थियो कि सूर्यको तापझैँ आफ्नो शरीरको ताप हुन्थ्यो । एक पटक आफ्नो शरीर ठण्डा गराउन भनेर १५ गाग्री पानी खन्याएको त टाउकै बिलाएछ ।
साभार :‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट