कुमारी बैंकको खुद नाफा करिब ७३ प्रतिशतले वृद्दि

सहयात्रा टिभी

काठमाडौं । साउन २८, कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ७२ दशमलव ७४ प्रतिशत बढी खुद नाफा गरेको छ ।

अघिल्लो वर्ष रू १ अर्ब १५ करोडभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २ अर्बभन्दा बढी खुद नाफा गरेको हो ।

गत वर्ष कम्पनीले रू ५ अर्ब २३ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो भने रू २ अर्ब ८५ करोडभन्दा बढी सञ्चालन नाफा भएको हो ।

त्यस्तै गत वर्ष चौथो त्रैमाससम्म कम्पनीको वितरण योग्य नाफा अघिल्लो वर्षभन्दा ५३ दशमलव ४९ प्रतिशत बृद्धि भई रू १ अर्ब ९ करोडभन्दा बढी कायम भएको छ ।

१०.८५ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी रू १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार पुगेको छ भने जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ७ दशमलव ८३ प्रतिशत बढी रू ५ अर्ब ११ करोड ९८ लाखभन्दा बढी कायम भएको छ ।

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्