आठ सञ्चारकर्मीले पाए राष्ट्रिय पत्रकारिता पुरस्कार ‘फोनिज अवार्ड’

काठमाडौं । साउन २८, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना सञ्चारकर्मीलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार ‘फोनिज अवार्ड’ प्रदान गरेको छ।
इण्डिजिनियस टेलिभिजनका कुमार यात्रु तामाङ, गोरखापत्र दैनिककी आङदावा शेर्पा, जलजला एफएम रोल्पाका मौसम रोका मगर र हाल पोर्चुगलमा रहेका स्वतन्त्र पत्रकार राजकुमार दिक्पाललाई ’फोनिज अवार्ड–२०७७’ प्रदान गरिएको छ।
त्यस्तै यस वर्षको ‘फोनिज अवार्ड–२०७८’ भने कास्कीका स्वतन्त्र पत्रकार तिलक पुन, रेडियो नेपालकी रचना श्रेष्ठ, नेपाल टेलिभिजन (झापा)का इन्द्रजित मुखिया र झिल्को डटकमका भवानी बरालले पाएका छन्। उनीहरुलाई पनि अवार्डसहित जनही २० हजार रुपैयाँ प्रदान गरिएको थियो।
यसैगरी ’फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’ धनगढीबाट प्रकाशित हुने थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तन्छोप्पा मासिकलाई संयुक्त रुपमा प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ। एजेन्सीको सहयोगमा