सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि आजबाट साहस उर्जाको आईपीओ विक्री खुला

सहयात्रा टिभी

सोलुखुम्बु । साउन २९, साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि शुक्रवारदेखि आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर रू १०० अंकित मूल्यमा ३५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा भदौ ११ गतेसम्म विक्रीमा रहनेछ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्