पर्साको वीरगञ्जबाट पेस्तोलसहित तीन जना पक्राउ

सहयात्रा टिभी

पर्सा । साउन २९, प्रहरीले पेस्तोलसहित ३ जना पक्राउलाई पक्राउ गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित ब्रह्मचोकबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भएका अनिल शाह, धरान घर भएका रवि पौडेल र पर्साको मकाहमैनपुर गाउँपालिका घर भएका विजय कुमार पटेल छन् । उनीहरुको साथबाट एउटा पेस्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओमप्रकाश खनालाका अनुसार ब्रह्मचोकस्थित एक होटलमा प्रदेश–२ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्