ग्याष्ट्रिक भएको छ ? के खाने, के नखाने?

सहयात्रा टिभी

काठमाडौं । साउन २९, पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ।

हामी जो कोहीलाई पनि ग्याष्ट्रिक हुन सक्छ । पछिल्लो समय ग्याष्ट्रिक आम समस्या नै बनिसकेको छ ।

ग्यास्ट्रिकका लक्षणहरुः

-माथिल्लो पेटमा असजिलो महसुस हुन्छ।
-खाना खाएपछि अप्ठ्यारो हुने
-पेट दुख्ने
-अमिलो पानी आउने
-ढ्याउ ढ्याउ हुने
-ग्याष्ट्रिक बढेर अल्सर भएको भए राती अत्यधिक मात्रामा पेट दुख्छ।
-दिसा कालो र रगत मिसिएको हुन्छ।

के खाने ? के नखाने ?

कागती पानी-पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन।

कार्बोहाइड्रेट कम खाने –पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्ने।

दूध नपिउने-ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन। पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ।

प्रशस्त पानी पिउने-लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ।

लसुन पानी-बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ।

खाना समयमा खाने-ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने। लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ।

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्