मेगा बैंकले ३० करोड खुद मूनाफा आर्जन गर्न सफल

सहयात्रा टिभी

काठमाडौं । साउन २९, मेगा बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३० करोड रुपैयाँ खुद मूनाफा कमाएको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.१६ प्रतिशतले खुद नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ५८ करोड रुपैयाँमात्रै कमाएको थियो । बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशतले वृद्धि भएको छ ।

१४ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको मेगा बैंकको वितरण योग्य नाफा १ अर्ब ५१ करोड गरेको छ । बैंकको १ खर्ब ३६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ३७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ ।

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्