बेलायतमा गोलीकाण्डः ६ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । साउन २९, बेलायतको दक्षिणपूर्वी शहर प्लीमथमा बिहीबार साँझ भएको गोलीकाण्ड परी हमलावरसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त गोलीकाण्डमा परी मृत्युहुनेमा ३ महिला, २ पुरुष र एक गोली चलाउने आरोपी रहेको प्रहरीले बताएको छ । त्यस्तैगरी २ महिला र २ पुरुष र आरोपीको घटनास्थल मै तत्काल मृत्यु भएको थियो भने एक महिलाको उपचारका क्रममा केही समय पछि मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्