अभिनेत्री दीपाश्री र रजनीको तीज गीत ‘दिदी बहिनी’सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साउन २९, अभिनेत्री दीपाश्री निरौलाले तीज गीतमा नाचेकी छन् ।

हालै सार्वजनिक गरिएको तीज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियोमा उनले छमछमी कम्मर मर्काएकी हुन् ।

गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरको रहेको गीतमा गायक मल्लकै शब्द तथा संगीत रहेको छ ।

भिडियोमा दीपाश्रीसँगै रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी भान्जा, कमला लामिछाने लगायतको अभिनय छ ।

हेरौं गीतको भिडियोः

प्रकाशित : 13 August, 2021

प्रतिक्रिया दिनुहोस्