साउने सोमबार व्रत महिमा

काठमाडौं । साउन ३२, साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् ।
हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्त्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ ।
साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ ।
मुख्य रूपमा नेपालको जुनसुकै भू–भागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्दछन् ।
सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ ।
विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।
साउन महिना भर चोखो खाएर माछामासु नखाई कन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।
मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ । मध्य युरोप, खासगरी पोल्यान्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपको युक्रेन लगायतका देशका क्रिस्चियनहरूमा सोमवारको दिन केटीहरु पानी(पानी हुने दिन हो ।
सोमवारको दिन केटाहरूले केटीहरूलाई पानीले भिजाइदिने गर्छन् । अझ आफुलाई मन परेको केटीलाई पानी छ्यापेर टाउको देखि पाइतालासम्म निथ्रुक्कै भिजाउन पाउँदा केटाहरूले जितेको सम्झिन्छन् । यस्तो संस्कारलाई वेट मण्डे अर्थात् भिजेको सोमवार भनिन्छ । भिजेको सोमवार मनाउँदा सबै पाप नष्ट हुने विश्वास गरिन्छ ।
वर्षैभरीका सोमवार यसरी पानीले भिजाउने खेल खेलिने भने होइन । हिन्दु महिलाहरूले साउनको सोमवारलाई विशेष रूपमा मनाउने गरेझैँ मध्य तथा पूर्वी युरोपका इसाइ धर्मावलम्बीहरूले खासगरी क्रिस्चियनहरूको पवित्र सप्ताह इस्टरको दोश्रो दिन अर्थात् इस्टर मण्डेको दिन यसरी महिलालाई पानीले भिजाउने काम गर्छन् । केटाहरु बोतल तथा बाल्टिनमा पानी भरेर केटीहरूलाई लखेट्दै पानी खन्याइदिने गरिन्छ ।