शिवम् सिमेन्टको खुद नाफा १ अर्बभन्दा माथि

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, सिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३९ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

सोमवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १८ दशमलव ४१ प्रतिशत बृद्धि भएको हो ।

त्यस्तै अघिल्लो वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा रू। १ अर्ब १७ करोड ७० लाखभन्दा बढी थियो ।

कुुल आम्दानी अघिल्लो वर्षभन्दा ७ प्रतिशत बृद्धि भई रू ९ अर्ब ६६ करोड ६ लाखभन्दा बढी भएको छ । गत वर्ष कम्पनीको कुल खर्च पनि ४ दशमलव ७७ प्रतिशत बढी रू ७ अर्ब ९८ करोड ७५ लाख भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू ४ अर्ब ४० करोड रहेको छ । जगेडा कोष रकम पनि अघिल्लो वर्षभन्दा ६ दशमलव ८० प्रतिशत बढेर रू ५ अर्ब ३८ करोड ५९ लाखभन्दा बढी कायम भएको छ ।

 

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्