पाल्पामा गाडी दुर्घटनाहुँदा ११ जना घाइते

सहयात्रा टिभी

पाल्पा । साउन ३२, पाल्पाको तानसेन नगरपालिका– ७ सालघारीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

सोमबार बिहान काठमाडौंबाट पाल्पाको कुन्सरेका लागि हिँडेको लु१ज २९९२ नम्बरको वीङ्गर सडकदेखि करिब १५ मिटर तल खसेर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते हुनेहरुमा सोही स्थानका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेम बहादुर बाकवल, ३२ वर्षीय हुम बहादुर सारु, तानसेन ७ का ३३ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोम बहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु,३३ वर्षीय पवन कुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे र चालक तानसेन ६ का ३३ वर्षीय सोम राना रहेका छन् ।

पाल्पा प्रहरीका अनुसार घाइतेहरुको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्