केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काखी र आँखामुनिको कालो हटाउन के गर्ने? यस्ता छन् घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, शरीरमा पोषक तत्वको कमी, रातको समयमा अनिधो बसेर लामो समय काम गर्ने बानी, कमजोर, तनाव तथा हर्मोनजन्य गडबडीका कारण आँखाको तलपट्ट कालो घेरा अर्थात् डार्क सर्कल देखा पर्दछ ।

केही घरेलु उपायद्धार छोटो समयमा नै डार्क सर्कल तथा काखीमुनिको कालेपना हटाउन सकिन्छ ।

के कारणले यस्तो हुन्छ ?
–आइरनको कमी
–भिटामिन सी को कमी
–भिटामिन ए को कमी
–भिटामिन के को कमी

कसरी हटाउने काखीमुनिको कालो ?
गर्मीमा काखी कालो हुने समस्या कम गर्न हामीले आरामदायक हावा छिर्ने कपडा लगाउने, डियोडोरेन्टको ब्रान्ड परिवर्तन गर्ने वा हर्बल डियोडोरेन्ट प्रयोग गर्ने, सेभिङ नगर्ने, रौं हटाउने क्रिमको प्रयोग नगर्ने, वाक्सिङ गर्ने वा लेजरमार्फत कपाल हटाउने, मृत त्वचालाई कम गर्नका लागि काखीमा मसाज गर्ने र धुम्रपान नगर्ने गर्न सक्छौँ ।

डार्क सर्कल कसरी हटाउने त?

काँचो आलु लिनुहोस् र त्यसको जुस बनाउई रसलाई कपासको सहयोगले आँखामुनिको कालो घेरा अर्थात् डार्क सर्कल क्षेत्रमा लगाउनुहोस् । १०-१५ मिनेटसम्म मज्जाले सुक्न दिनुहोस् र मनतातो पानीले मुख धुनुहोस् । दिनमा दुइपटक यस्तो गर्नाले १० दिनमै तपाइँको डार्क सर्कल कम हुन्छ ।

एक चम्चा कागतीको रस र एक चम्चा गोलभेँडाको रस मिलाएर कालो घेरामा लगाउनुहोस् र १० मिनेटपछि धुनुहोस् । दिनमा दुइपटक १ चम्चा कागतीको रस डार्क सर्कलमा मज्जाले लगाउने र १० मिनेटपछि धुने ।

दुईवटा टि ब्यागलाई आधा घण्टा फ्रिजमा राख्नुहोस् र चिस्याउनुहोस् । त्यसपछि निकालेर ती टिब्यागलाई डार्क सर्कलमा १० मिनेटसम्म राख्नुहोस् ।

आँखाको तल डार्क सर्कल भएको ठाउँमा नरिवलको तेलले मज्जाले मालिस गर्नुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् । दिनमा ३ पटक यसो गर्नाले १० दिनमा तपाईँको डार्क सर्कल कम हुनेछ ।

हरियो सागपात : आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर : ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

बदाम : बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्