नदिमा भेट्टिन थाल्यो चाँदीको सिक्का

काठमाडौं । साउन ३२, भारतको मध्ये प्रदेशमा भारी वर्षाले जनजीवन अस्तव्यस्त बनाएको सँगै अशोक नगरको पञ्चावली गाउँको आसपासको सिन्ध नदिमा स्थानीयले चाँदीको सिक्का भेट्टाएका छन् ।
भेटिएका सिक्काहरुमा अंग्रेज शासनको छाप देख्न सकिन्छ । नदिको बाटो हिँडिरहेका केहि मानिसले सिक्का भेटेपछि अहिले सबै गाउँलेहरु मिलेर सिक्का खोजी कार्यमा जुटिरहेका छन् । हालसम्म त्यहाँबाट उनीहरुले करीब ८ वटा सिक्का निकालिसकेका छन् ।
यस विषयमा एसडिपीओसँग कुरा गर्दा उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी मिलेको बताए । अहिलेसम्म सिक्का कहाँबाट आयो भन्ने कुरा पुष्टि हुन सकेको छैन । केही मानिसहरुले भने कसैको घरमा लुकाएर राखिएको सिक्का बाढीमा बगेर आएको हुन सक्ने अनुमान लगाएका छन् ।