कोेरोना अपडेटः उपत्यकामा थप ९६१ संक्रमित

सहयात्रा टिभी

काठमाडौं । साउन ३२, काठमाडौं उपत्यकामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका छन्। योसँगै अहिले उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित छन्।

काठमाडौंमा मात्रै आठ हजार १२३ जना, ललितपुरमा २ हजार १७ र भक्तपुरमा एक हजार ४०५ जना सक्रिय संक्रमित छन्।

यसैगरी देशभर ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १० हजार ९३ जनाको पिसिआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार ४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ८५ हजार १४० जना कोरोना मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ।

प्रकाशित : 16 August, 2021

प्रतिक्रिया दिनुहोस्