कोरोनाले गर्दा ‘बाघभैरव जात्रा’ पनि स्थगित

काठमाडौं । भाद्र १, कोरोनाका कारण यसवर्ष बाघभैरव जात्रा स्थगन गरिएको छ।
धार्मिक एवम् सांस्कृतिक रूपले महत्वको कीर्तिपुरको मध्य भागमा रहेका बाघभैरवलाई त्यहाँका स्थानीयबासीले आराध्यदेव मानी पूजाआजा गर्दै आएका छन्।
पूर्व र पश्चिम लाम्चो डुङ्गाका आकारमा देखिने प्राचीन बस्ती कीर्तिपुरको मध्य भागमा अवस्थित बाघभैरव मन्दिरलाई काठमाडौंका विभिन्न स्थानबाट पनि देख्न सकिन्छ।
सदस्य शाक्यका अनुसार कीर्तिपुरबासीका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक वर्षको भदौ १ गते सिंह सङ्क्रान्तिका दिन मनाउने प्रचलन रहेको छ।