रक्षा बन्धनको उपलक्ष्यमा सेलपेको विशेष अफर

काठमाडौं । भाद्र १, नेपाल राष्ट्र बैंकद्धारा अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर ल्याएको छ ।
सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट ५ हजार वा त्यो भन्दा बढीको सामान खरिद गरेमा पाँच सय क्यासब्याक पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुनेछ ।