मुगुमा मास्क बैंक-“नहुनेले लिऊँ, हुनेले दिउँ”

सहयात्रा टिभी

मुगु । भदौ २, कोरोना भाइरसको तेस्रो लहर फैलिन थालेपछि हिमाली जिल्ला मुगुमा मंगलबारबाट मास्क बैंक स्थापना गरेका छन् ।

लायन्स क्लबअफ मुगु राराको अगुवाइमा जिल्ला रहेको सरोकारवाला निकायहरुको सहकार्यमा मुगुको सदरमुकाम गमगढी बजारमा आगमन गर्ने स्थानीयलाई कोरोना संक्रमणबाट बचाउने लक्षित गर्दै मास्क बैंक सञ्चालनमा ल्याइएको हो ।

हुनेले दिउँ नहुनेले लिऊँ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैंक सञ्चालनका लागि छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायांनाथ सहकारी, मुगु उद्योग वाणिज्य संघ, एनआईसी एसिया बैंक, डिप्रोस लघुवित्त, महाकाली नमुना माध्यमिक विद्यालय, सिद्धार्थ नेसनल बोर्डिङ स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हाम्रो सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लबअफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोदकुमार मल्लले जानकारी दिएका छन् ।

मास्क बैंकको उद्घाटन गर्नुहुँदै छायाँनाथ रारा नगर पालिकाका नगर प्रमुख हरिजंग शाहीले सरकारको एग्लो प्रयासले मात्र कोरोना संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा सामाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको बताउनु सबैको सहकार्य सहमतीमा कोरोना नियन्त्रणमा सबैले आ–आफ्नो ठाउँमा सचेत रहनसमेत बताएका छन् । एजेन्सीको साथमा ।

प्रकाशित : 18 August, 2021

प्रतिक्रिया दिनुहोस्