सुवास थापाको ‘आउँ साथी नाचौँ गाउँ’गीत सार्वजनिक

काठमाडौं । भदौ २, पछिल्लो समय अमेरिकामा रहँदै आएका फिल्म अभिनेता सुवास थापाले त्यहाँबाट आफूलाई निर्देशन, अभिनय दुवै विधामा क्रियाशील बनाइरहेका छन् । केही अगाडि आफ्नो निर्देशन अभिनय गरेको ‘कुल्ची हिँड्छन् फूललाई’ गीत सार्वजनिक गरेका फिल्म अभिनेता सुवास थापाले अहिले फेरि तीज गीतको भिडियो बनाएका छन् ।
सीमा शाहको स्वर तथा भामा देवकोटा शर्माको शब्द रहेको गीतमा करणराज कार्कीले सङ्गीत दिएका छन् । रामेश्वर कार्कीको छायाङ्कन रहेको भिडियो अराज केशव गिरीले सम्पादन गरेका हुन् ।
हेरौं गीतको भिडियोः