मेलम्चीको बाढीले फेरी तीन घर बगायो

सिन्धुपाल्चोक । भदौ २, अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले मेलम्ची–६ नेपाने बगरको थप तीन घर बगाएको छ ।
स्थानीय भीमसेन थापाले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको जानकारी दिए । यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।