आज चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । भदौ २, नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोली नेपाल आउने जनाईएको छ ।
चीनबाट दुई दिन भित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने स्वास्थ्य सेवा विभागले बताएको छ ।
त्यसैगरी, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ ।