चलचित्र ‘एक’ आगामी घटस्थापनादेखि डिजिटल प्लेटफर्ममा रिजिल हुने

काठमाडौं । भदौ २, कोरोना महामारीका कारण चलचित्र ‘एक’ डिजिटल प्लेटफर्ममा रिजिल हुने भएको छ ।
चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ।
मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ।
नेपाली राजनीतिमा हुनै विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोख्रेल निभाएका छन्।
यो कथा खासगरी मधेस मुद्दामा केन्द्रित छ। तर चलचित्रको छायांकन भने मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्ममा गरिएको छ।