कोरोना अपडेटः उपत्यकामा थप ९९३ जना संक्रमित

काठमाडौं । भदौ २, काठमाडौं उपत्यकामा थप ९९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० संक्रमित थपिएका छन्।
थप ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १६ हजार ८३८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ८३९ जनाको पिसिआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।