देश छाडेका अफगान राष्ट्रपति घानी युएईमा

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३, तालिबानले सत्ता कब्जा गरेसँगै देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई संयुक्त अरब इमिरेट्स (युएई) ले शरण दिएको छ ।

उनी युएई पुगेको त्यहाँको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

युएईले मानवीय आधारका कारण राष्ट्रपति घानी र उनको परिवारलाई शरण दिएको जनाएको छ । गत बिहीबार तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिए लगत्तै उनी अफगानिस्तान छाडेर विदेश गएका थिए ।

यसैबीच, ताजकिस्तानका लागि अफगान राजदूत मोहम्मद जहिर अंगबरले राष्ट्रपति घानीले देश छाडेर जाँदा आफ्नो साथमा करिब १६ दशमलब ९ करोड डलर लिएर गएको दाबी गरेका छन् ।

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्