तालिबानले भारतसँगको व्यापार बन्द गर्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ ३, अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानले भारतसँग व्यापार बन्द गरेको छ ।
भारत र अफगानिस्तान दुवै देशको मालवाहक गाडीहरु पाकिस्तान हुँदै आवतजावत गर्ने गर्थे ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनाइजेशन (एफआईईओ) ले तालिबानले गाडीको आवतजावत रोकिदिएको जानकारी दिएको छ । मालवाहक गाडी आवतजावत बन्द गरेपछि लाखौँ डलरको सामानको आयात–निर्यात रोकिने भएको छ ।
भारतले अफगानिस्तानमा ड्याम, स्कुल र सडकको विकासका लागि लाखौँ अमेरिकी डलर खर्च गरेको छ । रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राई फ्रुट आयात गर्दै आएको छ ।