काठमाडौंमा ‘अगोरा स्पीकर इन्टरनेशनल’ को अन्तर्राष्ट्रिय सम्मेलन हुँने

काठमाडौं । भदौ ३, काठमाडौंमा भदौ ३ गतेदेखि ६ गतेसम्म अगोरा स्पीकर इन्टरनेशनलको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
अगोरा स्पीकर इन्टरनेशलको ४ दिने अन्तर्राष्ट्रिय सम्मेलन अगोराकनमा विश्वका करिब ५० वटा राष्ट्रका प्रतिनिधिहरुले भाग लिने जनाइएको छ ।
उक्त सम्मेलन ८ वटा क्लबहरुको संयुक्त आयोजनामा हुन लागेको हो । यसलाई अकाईड नेपाल, जया मल्टिपल क्याम्पसले प्रायोजन गर्ने भएको छ ।
नेपालमा एम्बेस्डर श्याम लामिछाने यो सम्मलेन अगोराकन २०२१ कन्भेन्सन अगोरा स्पीकर इन्टरनेशनलको इतिहासमा दोस्रो ठूलो कन्भेन्सन भएको बताउँछन् । एजेन्सीको सहयोगमा ।