बुद्धको मूर्ति बेच्न खोजेको आरोपमा पाँच जना पक्राउ

सहयात्रा टिभी

बर्दिया । भदौ ३, पुरातात्विक महत्व भएको बुद्धको मूर्ति बेच्न खोजेको आरोपमा पाँच जना पक्राउ गरेका छन्।

बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ गुलरिया बजारबाट पाँच जनालाई मूर्तिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

त्यस्तै गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका वडा नम्बर १ बस्ने ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर २ बस्ने २९ वर्षीय मगबहादुर नेपाली पक्राउ परेका हुन्।

 

 

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्