कोरोना अपडेटः साउनमा मात्रै थप १३ सय कोरोना संक्रमित थपिए

डोटी । भदौ ३, सुदूरपश्चिम प्रदेशमा सोमबार (साउन ३२ गते) ४० जनामा कोरोना पुष्टि भएको छ ।
परीक्षण गरिएका ६८० मध्ये १० जनामा र पीसीआर विधिबाट परीक्षण गरिएका २२५ जनामध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ ।
त्यस्तै सोमबार पुष्टि भएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा साउन महीनामा एक हजार ३३२ जना नयाँ संक्रमित थपिएका छन् । तथ्याङ्क अनुसार सुदूरपश्चिममा साउन महीनामा ६ जनको कोरोनाबाट मृत्यु भएको छ ।
तेश्रो लहरको संक्रमण रोकथामका लागि पूर्व तयारी भइरहेको डा. अवस्थी वताउँछन् । ‘कैलाली र कञ्चनपुरमा एकरएक हजार शैयाका होल्डिङ्ग सेन्टर निर्माण हुँदैछन्’ उनले भने, ‘ती सेण्टरहरु निर्माण भएपछि भारतबाट आउनेहरुलाई सीमा नाकामै परीक्षण गर्ने र संक्रमित देखिए होल्डिङ्ग सेण्टरमा राखेर निको भएपछि मात्रै घर पठाउँछौं ।’