चलचित्र ‘आँधी तूफान २’ को छायाँकन ३१ दिनमा पुरा

सहयात्रा टिभी

काठमाडौं । भदौ ३, चलचित्र ‘आँधी तूफान २’ को छायाँकन सकिएको छ ।

कोरोनाका कारण यस चलचित्रको छायाँकन दुई चरणमा पुरा गरिएको हो । ‘निषेधाज्ञा अगाडि ७ दिनमात्र छायाँकन गर्न पाएका थियौं । हाल २४ दिन गरी ३१ दिनमा छायाँकन पुरा गरेको लेखक तथा निर्माता मौनता श्रेष्ठले बताए ।

धुलिखेल र काठमाडौंमा चलचित्रको छायाँकन गरिएको हो । मौनताका अनुसार एक गीतको छायाँकन भने बाँकी रहेको छ ।
मदन घिमिरेको निर्देशन रहेको ‘आँधी तूफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्सु श्रेष्ठ शीर्ष भूमिकामा छन् ।

त्यस्तै, रवि गिरी, सुदीप आचार्य, कनिज कोइराला, अनामिका कार्की, संजय खतिवडा लगायतको चलचित्रमा अभिनय रहेको छ ।

१६ वर्षअघि महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको ‘आँधी तूफान’लाई दर्शकले रुचाएका थिए । सोही चलचित्रको सिरिजको रुपमा निर्माण गरिएको ‘आँधी तुफान २’ लाई दर्शकले रुचाउनेमा निर्माणपक्ष विश्वस्त छ ।

प्रकाशित : 19 August, 2021

प्रतिक्रिया दिनुहोस्