लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । भदौ ४, वर्षाका कारण पहिरो जाँदा आज बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
त्यस्तै, राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ झौलेक र ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको बताईएको छ । आज बिहान ६ः०० बजेदेखि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए ।
राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन ठप्प छन् । अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।