१–१ को बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं । भदौ ६, बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । मेम्फिस डिपाइको गोलको मद्दतले एथ्लेटिक बिल्बाओसँगको खेल भएको हो ।
शनिबार राति भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । दुई खेलपछि बार्साको ४ अंक रहेको छ ।
त्यस्तै खेलको ५० औँ मिनेटमा इनिगो मार्टिनेजले बिल्बाओलाई अग्रता दिलाए पनि ७५ औँ मिनेटमा डिपाइले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरे ।
खेलको इन्जुरी समयमा बार्सिलोनाका डिफेन्डर एरिक गार्सियाले निको विलियम्सलाई फल हानेपछि रातो कार्ड खाँदै मैदान छाड्न बाध्य भएका थिए ।