देशका अधिकांश स्थानमा झरी, तीन दिनसम्म वर्षाको सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । भदौ ६, मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ ।

आज राति प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आउने मंगलबारसम्म नै देशका केही स्थानमा वर्षाको सम्भाबना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आह्वान गरेका छन् ।

प्रकाशित : 22 August, 2021

प्रतिक्रिया दिनुहोस्