कोरोना अपडेटः उपत्यकामा मात्र ५६६ सङ्क्रमित थपिए

काठमाडौं । भदौ ६, काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा कोरोना भाइरसका ५६६ सङ्क्रमित थपिएका छन् ।
त्यस्तै काठमाडौंमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल काठमाडौंमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको छ ।