६जी को सफल परीक्षण

काठमाडौं । भदौ ६, दक्षिण कोरियाली टेक जायन्ट एलजीले आफ्नो देश बाहिर ६जी को सफल परीक्षण गरेको छ।
एलजीले हालैको ६जी परीक्षण जर्मनीमा गरेको हो जसका लागि कम्पनीले टेराहर्ज स्पेक्ट्रम प्रयोगमा ल्याएको थियो। यो परीक्षण कम्पनीले यूरोपेली अनुसन्धान संस्था फ्रौनहोफर–गेसेलशाफ्टसँगको साझेदारीमा सम्पन्न गरेको बताईएको छ।
उक्त परीक्षणमा कम्पनीले बाहिरी वातावरणमा १०० मिटरको दूरीमा सफलतापूर्वक डाटा ट्रान्स्फर गरेको थियो। यो प्रविधिले टेराहर्ज स्पेक्ट्रममा स्टेबल ६जी सिग्नल प्रदान गर्न सहयोग गर्छ। यो एम्प्लिफायर १५५–१७५ गिगाहर्ज ब्यान्डमा स्टेबल सिग्नल प्राप्त गर्न १५ डेसिबल मिलीवाटको अधिकतम आउटपुट सिग्नल प्रदान गर्न सक्छ।
आगामी सन् २०२५ का लागि वैश्विक मानकीकरण तथा त्यसपछि ४ वर्षभित्र व्यावसायीकरणका साथमा ६जी नेटवर्कले कम लेटेन्सीमा द्रुत वायरलेस ट्रान्समिशन तथा कम्युनिकेशन स्पीडलाई सपोर्ट गर्न सक्षम हुने कम्पनीको दाबी छ। एजेन्सीको सहयोगमा