उपराष्ट्रपति ह्यारिस सिंगापुरमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । भदौ ७, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुरमा हुनुहुन्छ ।
दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा निस्कनु भएकी ह्यारिसले आज सिंगापुरमा महत्वपूर्ण भेटघाट गर्दै हुनुहुन्छ ।
त्यस्तै आइतबार अपरान्ह सिंगापुर पुग्नुभएकी उपराष्ट्रपति ह्यारिसले आज सिंगापुरका राष्ट्रपति हलिमाह याकोप र प्रधानमन्त्री लि हैसेनलगायतसंग भेटघाट गर्दै हुनुहुन्छ ।
दक्षिण पूर्वी एशियामा बढ्दो चिनियाँ प्रभावलाई निस्तेज पार्न तथा एशिया प्यासिफिक र ईण्डोप्यासिफिक सुरक्षा रणनीतिलाई मजबुद बनाउन ह्यारिसको सो भ्रमणलाई अर्थपूर्ण रहेको बताईएको छ ।