पोखरामा खतराः सडक भासियो

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, पोखराको महेन्द्रपुलस्थित गरिमा विकास बैंकको आडैको सडक भासिएको छ । भासिएको सडक नजिकै कार रहे पनि सो कार भ्वाङमा पर्नबाट जोगिएको हो ।

उक्त पानीलाई राती नै तर्काइएको छ भने कुनै क्षति नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । गएराति ८ बजेदेखि पोखरामा निरन्तर वर्षा भैरहेको छ ।

पोखराका नालीले वर्षातको पानीलाई धान्न नसक्दा यस अघि पनि सभागृहचोक, चिप्लेढुँगा, महेन्द्रपूल लगायतका क्षेत्रहरु भासिने गरेका छन् ।

प्रकाशित : 23 August, 2021

प्रतिक्रिया दिनुहोस्