‘भारइल रोड’मा टिकटक बनाउदा कोरोना बढ्यो

कञ्चनपुर । भदौ ७, महाकाली नदीस्थित चारलेन पक्की पुल जोड्ने सडक मार्ग हिजोआज भाइरल बनेको छ । भाइरल रोडको नामले परिचित उक्त कञ्चनपुरमा हाल कोरोना संक्रमणको उच्च जोखिम बढेको छ ।
निशेषाज्ञाको समयमा पनि त्यस स्थानमा लार्पवाहि गरी भिडभाड गरेका हुनाले कोरोना संक्रमणको जोखिम बढेको हो । महाकाली नदीमा बन्दै गरेको पक्की पुल तथा त्यसलाई जोड्न बनाइएको पहुँच मार्ग हेर्न आउनेहरुको संख्या दिनानुदिन बढदै गएको हुनाले नदी किनारमा फराकिलो कालोपत्रे गरिएको पक्की सडक निकै रमणीय छ । टिकटक बनाउनेहरुको रोजाई बनेको यो सडकमा बिहान बेलुकाको समयमा दर्शकहरुको मेला नै लाग्ने गर्दछ । उनीहरु म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन उक्त सडकमा आउने गर्दछन् ।
–दुर्गा उपाध्याय