अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, अस्ट्रेलिया गएका ३ नेपाली विद्यार्थीको यसै साता विभिन्न कारणले मृत्यु भएको छ।

पर्थमा दुई वर्षअघि अध्ययनका लागि आएका रामेछापका सम्राट तामाङ, क्यानबेरा बस्दै आएकी रश्मी लेखक र शुक्रबार एनएसडब्लुको डब्बोमा एक महिलाको मृत्यु भएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ।

मृतकको अन्तिम संस्कारको लागि शव नेपाल पठाउन एनआरएन तथा स्थानिय संघ संगठनहरु लागिपरेको थपलियाले बताए। कोरोनाको प्रभाव बढ्दै गएको र लकडाउनको कडाइका कारण रश्मीको अन्तिम संस्कार सिड्नीमा गरिएको बताईएको छ।

 

प्रकाशित : 23 August, 2021

प्रतिक्रिया दिनुहोस्