जापानबाट थप ५ लाख ५९ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं । भदौ ७, जापानले दिएको कोरोना विरुद्धको खोपमध्ये थप ५ लाख डोज नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधाअन्तरगत जापानले दिएको मध्ये थप ५ लाख ५९ हजार ३६० डोज खोप सोमबार नेपाल आइपुगेको हो।
१६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ। साउनमा आएको ९ लाख खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ।
हाल आएको खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइनेछ। बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्माले उक्त खोप प्रदेश १ र २ मा कोभिसिल्डको दोस्रो मात्राका रुपमा दिइने बताए।