केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यस्ता छन् रायोको साग खानुको फाइदा

सहयात्रा टिभी

काठमाडौं । भदौ ७, रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट हामीलाई बचाउँछ।

साथै रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ । पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ ।

त्यसैगरी रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ । बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।

प्रकाशित : 23 August, 2021

प्रतिक्रिया दिनुहोस्