अमेरिकाले दियो फाइजर खोपलाई पूर्ण प्रयोगको स्वीकृति

सहयात्रा टिभी

काठमाडौँ । भदौँ ८, कोरोनाविरुद्धको फाइजर खोपले अमेरिकामा प्रयोगका लागि पूर्ण अनुमति पाएको छ । अमेरिकाको खाद्य तथा आषधि विभाग (एफडीए) ले दुई डोज लगाउनु पर्ने फाइजर खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । अमेरिकामा पूर्ण स्वीकृतिको अनुमति प्राप्त गर्ने फाइजर खोप पहिलो हो ।

उक्त खोपलाई शुरुमा आपतकालीन रुपमा प्रयोग गर्न अनुमति दिइएको थियो । यसको दुई डोज तीन हप्ताको अन्तरमा १६ वर्ष र सो भन्दा माथिका उमेरका लागि प्रयोग गर्न पूर्ण स्वीकृति मिलेको छ ।

यो स्वीकृतिले देशभरका रोजगारदाता तथा संगठनहरुका लागि आवश्यक थप खोपको जनादेशलाई पूरा गर्ने अपेक्षा गरिएको छ । केही अमेरिकी जनताले खोप अभियानमा भइरहेको ढिलाइलाई लिएर संकोच मानिरहेको अवस्थामा फाइजर खोपलाई पूर्ण स्वीकृति दिने निर्णय आएको हो ।

करिब ४४ हजार मानिसबाट लिइएको तथ्यांकलाई समीक्षा गरेपछि स्वीकृति प्रदान गरिएको एफडीएले जनाएको छ । यो खोपले कोरोना संक्रमण रोक्न ९१ प्रतिशत प्रभावकारी रहेको पाइएको दाबी गरिएको छ । साथै यसलाई आगामी दिनमा बजारमा समेत बिक्री गरिने भएको छ ।

कार्यबहाक एफडीएका कमिस्नर जनेत वुडककले यसबाट सर्वसाधारण जनता धेरै विश्वस्त हुन सक्ने भन्दै खोप उच्च सुरक्षित, प्रभावकारी र उत्पादन गुणस्तरीय मापदण्डको भएको बताए ।

प्रकाशित : 24 August, 2021

प्रतिक्रिया दिनुहोस्