नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान

काठमाडौं । भदौ ८, नेपाली राष्ट्रिय क्रिकेट टिम आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेल्नका लागि ओमान प्रस्थान गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् ।
नेपाल, ओमान र अमेरिका सम्मिलित लिग–२ सिरिज सेप्टेम्बर १३ देखि २० (भदौ २८ देखि असोज ४ गते) सम्म ओमानको मस्कटमा सञ्चालन हुनेछ ।
नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद भेषावकर र विक्रम सोब रहेका छन्।
टिम पदाधिकारी
मुख्य प्रशिक्षक : डेभ वाटमोर
व्यस्थापक : मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिस्ट : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने
ट्रेनर : राकेश काशिभाई गोहित