लोकदोहोरी गायिका विष्णु माझीको गीत ‘चरी जेलैमा’ ४० लाख भ्यूज

सहयात्रा टिभी

काठमाडौं । भदौ ९, लोकदोहोरी गायिका विष्णु माझी सार्वजनिक रुपमा नदेखिए पनि दर्जनौं गीत स्रोता तथा दर्शकले रुचाएका छन् ।

उनले स्वर भरेको थुप्रै तीज गीतलाई दर्शक तथा श्रोताले रुचाएका पनि छन् । जसको निरन्तरता हो, केही दिनअघि सार्वजनिक गीत ‘चरी जेलैमा’ । जसका कारण विष्णु फेरि चर्चामा रहेकी छिन् ।

‘चरी जेलैमा’सार्वजनिक भएको एक साता नपुग्दै गीतले झण्डै ४० लाख भ्यूज पाएको छ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । गीतका शब्दहरु सरल र मार्मिक छन् जसले स्रोताको ध्यान खिचेको छ ।

हेरौं गितको भिडियो:

प्रकाशित : 25 August, 2021

प्रतिक्रिया दिनुहोस्