मुख्यमन्त्री शेरधनले पदबाट राजीनमा दिँदै, भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ १०, प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजीनामा दिने भएका छन् ।

पार्टीको आन्तरिक विवाद र समीकरण बदलिएपछि उनले राजीनामा दिन लागेका हुँन् ।

पार्टीको केन्द्रीय कमिटीमा भाग लिन काठमाडौंमा रहेका मुख्यमन्त्री राई लगायतका सांसदहरु आज विहान प्रदेश फर्किन लागेका हुन्। आज विहान ११ बस्ने संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा गरेर एमाले सचिव भीम आचार्यलाई दलको नेता र मुख्य मन्त्री नियुक्त गर्ने तयारी भएको छ।

यसका लागि बुधबार राति अबेरसम्म मुख्यमन्त्री राई, एमाले प्रदेश–१ का अध्यक्ष देवराज घिमिरेले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्