केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भदौ ११ गतेदेखि भेरोसेलको दोस्रो डोज

सहयात्रा टिभी

काठमाडौं । भदौ १०, काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज भदौ ११ गतेदेखि लगाइँदै छ ।

यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए । भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज पाउने भएका छन् ।

 

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्