त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा जोशी नियुक्त

सहयात्रा टिभी

काठमाडौं । भदौ १०, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुनः पुष्पराज जोशी नियुक्त भएका छन् ।

चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिनु भएको हो ।

त्यस्तै चारवर्षे कार्यकालमा जोशीले त्रिभुवन विश्वविद्यालयलाई विश्वकै उच्च श्रेणीको विश्वविद्यालयको सूचीमा पुर्याएको त्रिभुवन विश्वविद्यालयको दावी छ ।

त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय हुनुका साथै उच्च शिक्षाका लागि नेपालको पहिलो राष्ट्रिय शैक्षिक संस्था पनि हो । यस विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ ।

 

प्रकाशित : 26 August, 2021

प्रतिक्रिया दिनुहोस्