भारी वर्षापछि गएको पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडौं । भदौ ११, भारी वर्षापछि गएको पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए।
वर्षा रोकिएपछि डोजरको सहायताले पहिरो पन्छाउने काम हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।