आज तेह्रथुम पावरको आईपीओ भर्ने अन्तिम दिन

सहयात्रा टिभी

काठमाडौं । भदौ १३, भदौ ९ गतेदेखि सार्वजनिक निष्कासनमा आएको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आइतवार (आज) अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता रू १०० अंकित दरको रू ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रकाशित : 29 August, 2021

प्रतिक्रिया दिनुहोस्